विमानस्थल निर्माणको ढाँचा बदल्न महानिर्देशक डंगोलको आग्रह
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले नेपालको हवाई क्षेत्रको विकासका लागि हवाई रुटको उपलब्धता र विमानस्थल निर्माणको वर्तमान लगानी ढाँचामा पुनरावलोकन गर्नुपर्ने बताएका छन् । शुक्रवार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा आफ्नो धारणा राख्दै महानिर्देशक डंगोलले यस्तो बताएका हुन् ।
