अग्निपीडित परिवारलाई दुई लाख सहयोग
दाङ । तुलसीपुर उपमहानगरपालिकाले आगलागीको घटनामा परी ज्यान गुमाएका दुई जनाका परिवारलाई विपद् राहत कोषबाट जनही रु दुई लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ । उपमहानगरपालिकाको ४८औँ कार्यपालिका बैठकले अग्निपीडित परिवारलाई उक्त रकम प्रदान गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले जानकारी दिए ।
