SHARE
मकालु खबर · शुक्रबार​ २९ जेठ २०८३ ०७:३७ AM · 1 मिनेट पढाइ

‘चीन भ्रमणमा परराष्ट्रमन्त्रीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भनी स्पष्ट अडान राख्नुपर्दछ’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीले परराष्ट्रमन्त्री शिशिर खनाललाई चीन भ्रमणमा जाँदा सीमा समस्याका विषयमा स्पष्ट धारणा राख्न सुझाव दिएकी छन् । परराष्ट्रमन्त्री खनालले भारत भ्रमणको क्रममा उक्त कुरा नउठाएकोमा आपत्ति जनाउँदै उनले चीन भ्रमणमा भने त्यसलाई स्पष्ट रूपमा राख्नु सचेत गराएकी हुन् ।