गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड
काठमाडौँ । सांसदहरुले गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा जोड दिएका छन् । अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनीहरुले अर्बौंको लगानीमा निर्मित विमानस्थलको उपयोग बढाउने कार्ययोजनाका साथ सम्बन्धित निकायहरु लाग्नुपर्ने सुझाव पनि दिएका छन् । समितिका केही सदस्यले दुवै विमानस्थल किन पूर्ण रूपमा सञ्चालन नभएको भन्नेबारेमा पनि छानबिन हुनुपर्ने बताएका छन् ।
