SHARE
मकालु खबर · शुक्रबार​ २९ जेठ २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

शिक्षा र स्वास्थ्यको बजेट संरचनाप्रति आपत्ति, पुँजीगत खर्च बढाउन माग

काठमाडौँ । नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा न्यून पुँजीगत बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । शुक्रवार प्रतिनिधि सभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा प्रस्तुत विनियोजन विधेयक २०८३ माथिको छलफलमा भाग लिँदै थापाले बजेटको ठुलो हिस्सा प्रशासनिक खर्चमा मात्र केन्द्रित भएको टिप्पणी गरेका हुन् ।