सुधन गुरुङलाई फेरि गृहमन्त्री बनाइनु आपत्तिजनकः खड्का
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद भरतबहादुर खड्काले गृहमन्त्री सुधन गुरुङलाई पुनः सोही जिम्मेवारी दिइएको विषयमा आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खड्काले सम्पत्ति लगायतका विषयमा प्रश्न उठेका तथा मानव अधिकार आयोगको प्रतिवेदनमा समेत जेनजी आन्दोलनको घटनामा दोषी ठहर गरिएका गुरुङलाई पुनः गृहमन्त्री बनाइनु अस्वीकार्य भएको बताए ।
