फिफा विश्वकप : दक्षिण कोरिया विजयी
काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई हराएको छ । शुक्रबार बिहान भएको समूह ए को खेलमा कोरियाले चेक गणतन्त्रलाई २–१ ले हराएको हो । स्टाडियो ग्वाडालाजारामा भएको खेलमा चेकले ५९औं मिनेटमा अग्रता लिएको थियो । चेकका लागि लाडिस्लाभ क्रेज्चीले हेडबाट गोल गरेका थिए ।
