अर्थमन्त्रीले संसद् र समितिलाई धम्क्याउने शैली अपनाएकाे पुनको आरोप
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथिको छलफलमा जवाफ दिने क्रममा संसद् र संसदीय समितिप्रति धम्कीपूर्ण शैली अपनाएको भन्दै आपत्ति जनाएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पुनले अर्थमन्त्रीको अभिव्यक्तिले संसद् र समितिको अवमूल्यन गरेको आरोप लगाए। उनले अर्थमन्त्री कार्यपालिकाका सदस्य भएकाले संसद् र समितिप्रति जवाफदेही हुनुपर्ने बताए।
