SHARE
अर्थ संवाद · बिहीबार २५ बैशाख २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सबन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।गत चैत २१ गतेको निर्णय अनुसार आज सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ  ।बागमती प्रदेशमा काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित १३ जिल्ला रहेका छन् ।