SHARE
मकालु खबर · शुक्रबार​ २९ जेठ २०८३ ०४:२६ AM · 1 मिनेट पढाइ

भियतनाममा १२ लाखभन्दा बढी विद्यार्थी राष्ट्रिय उच्च माध्यामिक परीक्षामा सम्मिलित

एजेन्सी । भियतनामभर १२ लाखभन्दा बढी विद्यार्थी बिहीवारदेखि शुरु भएको राष्ट्रिय उच्च माध्यमिक विद्यालय स्नातक परीक्षामा सहभागी भएका छन् । भियतनाम समाचार एजेन्सीकाअनुसार यस परीक्षामा गणित र साहित्य गरी दुईवटा अनिवार्य विषयहरू समावेश गरिएका छन्।