बहराइनमा इरानी ड्रोन आक्रमण निस्तेजः अवशेष खस्दा एक बालिका घाइते, घरहरूमा क्षति
एजेन्सी । बहराइनमा निस्तेज पारिएका इरानी ड्रोनका भग्नावशेषहरू खस्दा ११ वर्षीया एक बालिका सामान्य घाइते भएकी छिन् भने केही घरहरूमा क्षति पुगेको बहराइनको आन्तरिक मन्त्रालयले बिहीवार जनाएको छ । मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार घाइते बालिकाको घटनास्थलमै आवश्यक प्राथमिक उपचार गरिएको थियो ।
