SHARE
मकालु खबर · शुक्रबार​ २९ जेठ २०८३ ०३:१४ AM · 1 मिनेट पढाइ

बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पिआर) स्थायी बसोबासको सुविधा त्यागेर जन्मथलोमा बाख्रापालन गरेका छन् । विसं २०७६ देखि करिब २०८० सम्म पोर्चुगलमा बसेका ६३ वर्षीय मल्लले जन्मथलो फर्किएर पुरानै बाख्रापालन व्यवसायलाई निरन्तरता दिएका हुन् । छोराछोरी विदेशमै बसे पनि आफूलाई जन्मथलोकै व्यवसाय सम्मानजनक लागेर फर्किएको बताए ।