फिफा विश्वकपको दोस्रो दिन, आज दुई खेल हुँदै
काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो दिन आज दुई खेल हुँदैछन् । प्रतियोगिताको पहिलो दिन आयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि २-० को जित निकाल्दै सुखद् सुरुआत गरेको छ । अब दोस्रो दिन आयोजक राष्ट्रहरू क्यानडा र अमेरिका मैदानमा उत्रनेछन् । समूह ‘बी’ अन्तर्गत क्यानडाले बोस्निया एन्ड हर्जेगोभिनासँग प्रतिस्पर्धा गर्नेछ ।
