बलेफी गाउँपालिका पालिकास्तरीय पूर्णखोप सुनिश्चितता घोषणा
बलेफी । बलेफी गाउँपालिकाले पालिकास्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै खोप कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाउने प्रतिबद्धता जनाएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङको अध्यक्षता तथा उपाध्यक्ष सरु लामाको प्रमुख आतिथ्य रहेको थियो।
