पोखरा–दुबई सिधा उडान असोजदेखि : फ्लाई दुबईले थाल्यो बुकिङ, उत्साहित व्यवसायी
पोखरा । संयुक्त अरब इमिरेट्स (युएई) को विमान कम्पनी फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सिधा उडान गर्ने भएको छ । नियमित उडान सञ्चालन हुने खबरले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन्। विमानस्थल सञ्चालनमा आएको तीन वर्षपछि नियमित अन्तरराष्ट्रिय उडान सुनिश्चित भएको हो।
