SHARE
Samata Press · बिहीबार २८ जेठ २०८३ ०४:२९ PM · 1 मिनेट पढाइ

बालेन्द्र शाहजस्तो व्यक्ति देशको प्रधानमन्त्री नेपालीका लागि दुर्भाग्य हो : झक्कु सुवेदी

काठमाडौँ । नेपाली कम्युनिस्टपार्टी (नेकपा)का राष्ट्रियसभाका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले बालेन्द्र शाहजस्तो व्यक्ति देशको प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्य भएको टिप्पणी गरेका छन्। बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री शाहले नेपाल–भारतबीचको सीमा समस्याको विषयमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुका साथै आमनागरिकसमक्ष माफी माग्नुपर्ने बताए। उनले देशको प्रधानमन्त्रीले राष्ट्रियता र मातृभूमिसँग सम्बन्धित विषयमा गैरजिम्मेवार र आपत्तिजनक टिप्पणी गर्न नहुनेमा जोड दिए।