SHARE
बासुरी खबर · मङगलबार २३ बैशाख २०८२ ११:५६ AM · 1 मिनेट पढाइ

एमाले नेता एवं पूर्वमन्त्री नेपालको निधन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उनको मङ्गलबार उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उनी सूचना तथा सञ्चारमन्त्री थिए ।