एक सय जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गराउन आईएमई लाइफद्वारा आर्थिक सहयोग
काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न नागरिकको आँखा उपचारका लागि आर्थिक सहयोग गरेको छ। कम्पनीले माट्रिका आइ सेन्टरसँग सहकार्य गरी आर्थिक अभावका कारण उपचार पाउन नसकेका १०० जना मोतीबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रियाका लागि ६ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो।
