एभरेष्ट बैंकले सुरु गर्यो क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवा
काठमाडौं । नेपाल र भारतबीच डिजिटल वित्तीय कनेक्टिभिटीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ एभरेष्ट बैंक लिमिटेडले नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर रेमिट्यान्स सेवाको औपचारिक सुरुवात गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड र नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाबीच भएको प्राविधिक सम्झौता अनुरूप बैंकले आफ्नो मोबाइल बैंकिङ एप मार्फत यो सेवा सञ्चालनमा ल्याएको हो।
