मोदीले गरे रातभर अपरेसन सिन्दुरको निगरानी
काठमाडौँ । भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेको छ । पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका आतंकवादीका अखडामा हवाई हमला गरेको हो। बुधबार राति बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा अपरेसन सिन्दुरुअन्तर्गत भारतले हवाई आक्रमण गरेको हो।
