SHARE
अर्थ संवाद · शुक्रबार​ २३ साउन २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसुचना पाउनेछन् ः गृहमन्त्री 

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्वसुचना प्राप्त गर्ने बताएका छन् । बिहीबार सबैका लागि पूर्वसुचना राष्ट्रिय कार्याशालामा बोल्दै उनले अबको पाँच वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिम पूर्वसूचना प्राप्त गर्ने बताएका हुन् । उनले भने,‘नेपालमा पनि एक तिहाइ जनसंख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको  पूर्व सूचना बाहिर छ । २०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना प्राप्त गर्ने स्थितिको सुनिश्चिता गरिन्छ ।’उनले विश्वमा मनसुनजन्य जोखिममा रहेका एक तिहाइ जनसंख्या अझै पनि पूर्वसुचनाको पहुँचमा नरहेको तथ्याङ्कमा रहेको बताउँदै त्यसमा नेपाल पनि रहेको बताए । ‘संयुक्त राज्य संघले सन २०२२ मा घोषणा गरेर २०२७ भित्र एक तिहाइ मानिसले पनि सुचना प्राप्त गर्नुपर्छ भनेको छ ।