भोटेकोशी गाउँपालिकाद्वारा ईको पहिरो व्यवस्थापनको लागि मन्त्रालयको ध्यानाकर्षण
काठमाडौँ । भोटेकोशी गाउँपालिकाले अरनिको राजमार्ग अन्तर्गतको कोदारी खण्डको ईको पहिरो व्यवस्थापनको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएको छ । आज गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पा लगायतको टोलीले मन्त्रालयमै पुगेर ज्ञापनपत्र समेत बुझएको छ ।
