बहुवर्षीय योजनामा मेलम्ची क्षेत्रका तीन मुख्य सडक, चालु आर्थिक वर्षमै कार्यान्वयन गर्नुपर्नेमा जोड
काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाका तीन प्रमुख सडकलाई बहुवर्षीय योजना अन्तर्गत निर्माण गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ । पूर्वमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको नेतृत्वमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेलाई ज्ञापनपत्र बुझाउँदै सडक योजना छिटो कार्यान्वयन गर्न आग्रह गरिएको हो ।
