SHARE
बासुरी खबर · सोमबार १९ साउन २०८२ ०२:०२ PM · 1 मिनेट पढाइ

रसुवागढी नाकामा भीषण बाढीले भत्किएको सडकले आयात-निर्यात ठप्प, भन्सार छिटो खोल्न व्यापारीहरूको माग

रसुवागढी ।  गएको असार २४ गते चीन भएर बग्ने लेन्दे नदीमा आएको भीषण बाढीका कारण रसुवागढीको सडक भत्किँदा दुईतर्फी व्यापार ठप्प भएको छ। सडक अवरुद्ध भएपछि केरुङ हुँदै आउने सामानको आयात र नेपालबाट जाने सामानको निर्यात प्रभावित बनेको छ।