SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ०३:०९ AM · 1 मिनेट पढाइ

रगतको अभाव हुन नदिन रक्तदान महोत्सव हुँदै

नारायणगढ । विश्व रक्तदाता दिवसका अवसरमा यही जेठ ३० गते चितवनमा ‘दोस्रो ऐतिहासिक रक्तदान महोत्सव–२०८३’ आयोजना हुने भएको छ । भरतपुरस्थित चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा महोत्सव आयोजना गर्न लागिएको हो । भरतपुरलाई अस्पतालहरूको सहरका रूपमा चिनिने भएकाले यहाँ रगतको माग उच्च रहने गर्दछ ।