SHARE
बासुरी खबर · मङगलबार २० साउन २०८२ ०५:५२ AM · 1 मिनेट पढाइ

कोदारी खण्डको इकोमा सडक अबरुद्ध, नेपाल भित्रिने कन्टेनर समस्यामा

सिन्धुपाल्चोक । अरनिको राजमार्ग अन्तर्गत कोदारीको इकोमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ। भोटेकोशी गाउँपालिका वडा नम्बर २ मा पर्ने इकोमा माथीबाट ढुङ्गा सहितको पहिरो खस्दा सडक पूर्णरुपमा अबरुद्ध हुन पुगेको सडक डिभिजन कार्यालय चरिकोटले बताएको छ । आइतबार बिहानै देखि बन्द भएको सडक सोमबार दिउँसोबाट संचालनमा अएसंगै आवतजावत सहज बनेको थियो ।