अंकित र झरना (आमा छोरा) एशियन पावरलिफ्टिङ च्याम्पियनसिपका लागि छनोट
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका ३ धारपाका निवासी अंकित योञ्जन र झरना योञ्जन नाताले आमा छोरा हुन् । उनीहरू दुवैजना एशियन पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ का लागि नेपालको तर्फबाट औपचारिक रूपमा छनोट भएका छन् । अंकितले यूथ १८ वर्ष मुनिको समूहमा प्रतिस्पर्धा गर्नेछ भने झरनाले महिलातर्फ ५८ केजी तौल समूहमा सहभागी हुने छिन्।
