विश्वकपअघि इंग्ल्यान्डको सानदार जित
एजेन्सी – फिफा विश्वकपके अन्तिम मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डले कोस्टा रिकालाई ३-० ले सहज पराजित गरेको छ। अमेरिकाको ओरल्यान्डोस्थित इन्टर एन्ड को स्टेडियममा भएको खेलको सुरुआतमै इंग्ल्यान्डले आक्रामक प्रदर्शन गर्यो। नवौँ मिनेटमा डेक्लान राइसले गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनले एन्थोनी गोर्डनको राम्रो पासलाई प्रयोग गर्दै डिफ्लेक्ट भएको शटमार्फत गोल गरेका हुन्।
