SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ १२:४३ AM · 1 मिनेट पढाइ

षडानन्दमा ‘एक घर एक धारा’ को पहुँच

भोजपुर । भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनामार्फत करिब एक हजार २०० घरमा धारा जडान गरिएको छ । क्रमागत रुपमा सञ्चालन भइरहेको यो आयोजनामार्फत पानीको समस्या रहेका घरमा धारा जडान गरिएको हो ।