राष्ट्रहित प्रवर्द्धनका लागि कूटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैन: सचिव राई
काठमाडौँ । परराष्ट्र सचिव अमृतबहादुर राईले परिवर्तित विश्व परिवेश र नेपालको भूराजनीतिक अवस्थालाई मध्यनजर गर्दै व्यवहारिक एवं सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । बुधवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव राईले राष्ट्रहित प्रवर्द्धनका लागि कूटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प नरहेको स्पष्ट पारे ।
