राखेप उपाध्यक्ष नियुक्तिसँगै श्रेष्ठद्वारा व्यावसायिक फुटबलबाट सन्न्यासको घोषणा
काठमाडौँ (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा नियुक्त भएसँगै आज व्यावसायिक फुटबल जीवनबाट सन्न्यासको घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय फुटबलबाट यसअघि नै सन्न्यास लिइसकेका श्रेष्ठले आज व्यवसायिक फुटबलबाट सन्न्यासको घोषणा गरेको हुन् । उनी मच्छिन्द्र क्लबमा घरेलु फुटबल खेल्दै आएका थिए।
