‘हिजो मन्त्रीको प्रश्नमा आगो, आज अर्थमन्त्रीको प्रश्नमा सबै बरफ किन ?
काठमाडौं । नेपाली कांग्रेसले आर्थिक विधेयकमा भएको करका दर हेरफेरको घटनापछि अर्थमन्त्रीमाथि गम्भीर प्रश्न उठाएको बताएको छ। प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि लागेको करका दर हेरफेरको आरोप र रास्वपा सभापति लामिछानेको सीमा विवादप्रतिको मौनतामाथि गम्भीर प्रश्न उठाएका हुन्।
