प्रिमियर इन्टरनेसनल स्कूलमा सकियो ज्ञान मेला
काठमाडौं। प्रिमियर इन्टरनेसनल ‘आईबी कन्टिन्युम स्कूल’ ले यस वर्षको ‘ज्ञान मेला २०२६’ सम्पन्न गरेको छ। ‘हामीले जानेका कुरा वास्तवमा कसरी जान्यौं?’ भन्ने प्रश्नमा केन्द्रित रही आयोजना गरिएको यस मेलाले विद्यालय परिसरलाई विद्यार्थी नेतृत्वको जीवन्त बौद्धिक मञ्चमा रूपान्तरण गरेको विद्यालय प्रशासनले जनाएको छ।
