SHARE
ओएसनेपाल · आइबार​ १८ साउन २०८२ ०१:५२ PM · 1 मिनेट पढाइ

मुख्यमन्त्री लामाद्वारा पदबाट राजीनामा

बाग्मती, १८ साउनः बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिनुभएको छ । आज हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरी उहाँले राजीनामा दिनुभएको हो । पत्रकार सम्मेलनलगत्तै राजीनामा बुझाउन आज साँझ हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगे पनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा त्यहाँ नरहेकाले त्यसै फर्किनुभएको छ ।