सरकारसङ १६ बुँदे सहमतिपछि प्रमुख तीर्थराज भट्टराईले तोडे आमरण अनशन
काठमाडौँ, १८ साउनः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगरप्रमुख तीर्थराज भट्टराईको आमरण अनशन अन्त्य गरिएको छ । बाँस र अन्य स्थानीयस्तरमा उत्पादित सामग्रीको प्रवर्द्धन र उपयोग गर्नुपर्नेलगायत माग राखी उहाँ यही साउन १४ गतेदेखि माइतीघर मण्डलामा आमरण अनशन बस्नुभएको थियो ।
