SHARE
ओएसनेपाल · आइबार​ १८ साउन २०८२ ०२:५० PM · 1 मिनेट पढाइ

माओवादी अध्यक्ष प्रचण्ड र जनार्दनबीचको बिबाद बारे बोले प्रबक्ता सापकोटा

काठमाडौँ, १८ साउनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा अधिकांशले पार्टी नेतृत्वलाई सबल र सुदृढ बनाउनुपर्ने मत राख्नुभएको छ । पार्टी उपाध्यक्ष तथा प्रवक्त अग्निप्रसाद सापकोटाले पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबारदेखि सुरु भएको बैठकमा हालसम्म पार्टी नेतृत्वमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प खोज्नेबारे कसैले पनि मत नराखेको जानकारी दिनुभयो ।