बलान नदीको कटानले सुन्दरपुर बस्ती जोखिममा, चिन्ताले रातभर निदाउन दिएन
सिरहा, १८ साउनः सिरहाको लहान नगरपालिका–४ स्थित बलान नदीको कटानले सुन्दरपुर र इस्लामपुरका मुस्लिम बस्तीहरू डुबानको जोखिममा परेका छन् । नदी कटान तीव्र बन्दै गएकाले सुन्दरपुरका ४५ र इस्लामपुरका ३० घरधुरी अहिले बाढीको चपेटामा छन् । साना–साना झुपडीसहितका बस्ती नदीको किनारमै छन्, जहाँ कटानको दूरी अब पाँच मिटर मात्र बाँकी रहेको स्थानीयवासी बताउँछन् ।
