पार्टी नीति र नेतृत्वको पक्षमा सबै नेता तथा कार्यकर्ता बोल्नुपर्छः महासचिव पोखरेल
काठमाडौँ, १८ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी नीति र नेतृत्वको पक्षमा सबै नेता तथा कार्यकर्ता बोल्नुपर्ने बताउनुभएको छ । एमाले उपत्यका विशेष प्रदेश कमिटीको विस्तारित बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले पार्टी बाहिरबाट पार्टीका विरुद्ध प्रहार भए अझ सशक्त प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।
