SHARE
ओएसनेपाल · आइबार​ १८ साउन २०८२ ०४:१५ PM · 1 मिनेट पढाइ

देश र जनतालाई अग्रगमनतर्फ लैजान कम्युनिष्ट पार्टीबीच एकताको खाँचो छः अध्यक्ष नेपाल

काठमाडौँ, १८ साउनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन वामपन्थी शक्तिबीचको ध्रुवीकरण अहिलेको आवश्यकता भएको बताउनुभएको छ । पार्टी निकट केन्द्रीय निर्वाचन विभागद्वारा केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले देश र जनतालाई अग्रगमनतर्फ लैजान कम्युनिष्ट आदर्श, सिद्धान्त तथा साँझा दृष्टिकोण भएका वाम समूहबीच एकता हुनुपर्ने बताउनुभयो ।