SHARE
मकालु खबर · बुधबार २७ जेठ २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

सरकारको विज्ञापन नीति विरुद्ध जनकपुरमा पत्रकारहरूको धर्ना

काठमाडौँ । सरकारी विज्ञापन तथा सूचना वितरणसम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेज गर्न माग गर्दै जनकपुरमा पत्रकारहरूले धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघको आह्वान तथा धनुषा शाखाको अगुवाइमा बुधवार पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय अगाडी एक घण्टा धर्ना दिएका हुन् ।