SHARE
मकालु खबर · बुधबार २७ जेठ २०८३ ११:३३ AM · 1 मिनेट पढाइ

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन : नेता थापा

काठमाडौं । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले नेपालले भारतको भूभाग मिचेको प्रमाण नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले वक्तव्य दिएपछि उनले नेपालले कुनै पनि भारतीय भूमि नमिचेको यथार्थलाई सत्ता र प्रतिपक्षले राम्रोसँग मनन् गर्नुपर्नेमा जोड दिए ।