SHARE
हाम्रो खेलकुद · मङगलबार २६ जेठ २०८३ ०२:१० PM · 1 मिनेट पढाइ

विमला अझै एक साता गोवामै रहने

काठमाडौँ (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर विमला विक भारतको गोवास्थित मनिपाल अस्पतालबाट आज डिस्चार्ज भएकी छिन् । गत बुधबार बंगलादेशविरुद्ध साफ च्याम्पियनसिपको सेमिफाइनलमा समिक्षा घिमिरेसँग ठोक्किदा उनको नाकमा चोट लागेको थियो। नाकको सफल शल्यक्रिया पछि चिकित्सकको सुझाव अनुसार ७ दिनसम्म गोवामै ‘फलो-अप’ मा रहेपछि मात्र उनी नेपाल फर्किने एन्फाले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद