SHARE
पर्दाफास · मङगलबार २६ जेठ २०८३ ०२:३० PM · 1 मिनेट पढाइ

अदालतको लेटरप्याड र दस्तखत कीर्ते गर्ने व्यक्ति पक्राउ

काठमाडौं जिल्ला अदालतको लेटरप्याड कीर्ते बनाई विभिन्न कागजात तयार गरी प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार गोरखा आरुघाट गाउँपालिका-७ स्थायी घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका-३ बस्ने २६ वर्षीय बिबस अधिकारीलाई काठमाडौं महानगरपालिका-११ सुन्धाराबाट पक्राउ गरिएको हो।