SHARE
पर्दाफास · मङगलबार २६ जेठ २०८३ ०२:४१ PM · 1 मिनेट पढाइ

बैंकिङ कसुरका १४ वटा मुद्दाका दोषी मिजार पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुरका विभिन्न १४ मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । ब्यूरोका अनुसार बैंकिङ कसूर मुद्दामा देवीचन्द्र जोशीसमेत जाहेरीले वादी नेपाल सरकार भएको मुद्दाका फरार काठमाडौँको बूढानीलकण्ठ नगरपालिका ०५ का ४७ वर्षीय राजु मिजारलाई पक्राउ गरेको हो ।