विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण, तीन वर्ष मात्रै मन्त्री बन्ने घोषणा
नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महाविर पुनले आज सिंहदरवारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। सो अवसरमा मन्त्री पुनले विज्ञान र प्रविधिको विकासलाई द्रूत गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
