गृहमन्त्रीमा गुरुङ र नवप्रवर्तनमन्त्रीमा पुन नियुक्त, राष्ट्रपतिसमक्ष शपथ ग्रहण
काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुनलाई नियुक्त गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को सिफारिसमा मंगलबार राष्ट्रपति पौडेलले गुरुङ र पुनलाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनले मंगलबारै राष्ट्रपति कार्यालय शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
