पर्यटकका आकर्षणमा तनहुँको ऐना पहरा
गण्डकी । गण्डकी स्थित तनहुँको ऐना पहरा पर्यटकका लागि आकर्षणको केन्द्रबन्दै गएको छ । पहराको निर्माण कार्य सम्पन्न भएपछि स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण केन्द्र बन्दै गएको हो । आँबुखैरेनी गाउँपालिका–४ मा रहेको सो पहरा पोखरा–मुग्लिन सडकखण्डमा अवस्थित छ । हालसम्म ७८ हजार ६३३ जनाले टिकट काटेर ऐना पहरा अवलोकन गरिसकेका छन् ।
