SHARE
मकालु खबर · मङगलबार २६ जेठ २०८३ ०१:४९ PM · 1 मिनेट पढाइ

दरबार हत्याकाण्ड छानबिन अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका हुन् । उनले राजदरबार हत्याकाण्डसम्बन्धी यसअघि भएका अनुसन्धान प्रतिवेदनको अध्ययन गरी आवश्यक थप छानबिन प्रक्रिया अघि बढाइने बताए ।