१७ सदस्यीय मन्त्रिमण्डल : पाँचौँ वरियतामा सुधन, ८औँमा महावीर
काठमाडौं । वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारमा दुई मन्त्री थपिएसँगै मन्त्रिपरिषद्को आकार १७ सदस्यीय बनेको छ । आज गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्द्धन मन्त्रीमा महावीर पुन नियुक्त भएका छन् । नयाँ मर्यादाक्रम अनुसार बालेनले प्रधानमन्त्रीसहित रक्षा मन्त्रालयको जिम्मेवारी समेत आफ्नै भागमा राखेका छन् ।
