दरबार हत्याकाण्डबारे थप अनुसन्धान अघि बढाउने गृहमन्त्रीको घोषणा
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ २०५८ सालमा भएको नारायणहिटी दरबार हत्याकाण्डबारे थप अनुसन्धान अघि बढाउने घोषणा गरेका छन् । मंगलबार साँझ पदभार ग्रहण गर्दै गृहमन्त्री गुरुङले सो घोषणा गरेका हुन् । ‘२०५८ साल जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्याकाण्ड यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अघि बढाउने,’ गृहमन्त्री गुरुङले भने ।
